२०८३ आश्विन २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

भूमि सम्बन्धी काममा घुस लिएको आरोपमा भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख घुससहित पक्राउ परेका छन्।

मालपोत प्रमुख कुमार आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

चाँगुनारायण नगरपालिका–९ मा रहेको १४ रोपनी ४ आना जग्गाको मोहीको नाममा धनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि आचार्यले घुस मागेको सूचनाको आधारमा आयोगले कारबाही अघि बढाएको हो।

५४ वर्षीय आचार्य उदयपुरको बेलका नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ फोर्सपार्क टोलमा बस्दै आएका छन्। उनलाई भक्तपुरको व्यासीस्थित मालपोत कार्यालयबाटै रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार, कार्यालय प्रमुख आचार्यसँगै कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउतलाई पनि नियन्त्रणमा लिइएको छ। राउत चाँगुनारायण नगरपालिका–९, राउट टोल स्थायी बासिन्दा हुन् भने हाल लोकन्थलीमा बस्दै आएका छन्।

पक्राउको क्रममा आयोगको टोलीले आचार्य र राउतको साथबाट दुई थान मोबाइल फोन र २४ लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको छ।

अख्तियारले अनुसन्धानको कार्य अघि बढाएको जनाएको छ भने यो घटनाले सरकारी कार्यालयमा व्याप्त गम्भीर भ्रष्टाचारको झलक देखाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय