२०८३ आश्विन २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा (एमाले) नेतृ तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। नियुक्तिसँगै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति पौडेलले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तोक्नुभएको छ।”

यसअघि मन्त्री पदमा रहेका राजकुमार गुप्ताले घुस मागेको अडियो सार्वजनिक भएपछि मंगलबार नै राजीनामा दिएका थिए। अडियो प्रकरणले सार्वजनिक चासो बढेसँगै उनले पदत्याग गरेका हुन्।

नव नियुक्त मन्त्री न्यौपाने नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा राष्ट्रिय सभामा अनुभवसम्पन्न नेतृको रूपमा चिनिन्छिन्। नयाँ जिम्मेवारीसँगै संघीयता कार्यान्वयन र प्रशासनिक सुधारमा उनले कस्तो भूमिका खेल्छिन् भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय