२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

काठमाडौं — सरकारका प्रवक्ता तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पृथ्वीसुव्वा गुरुङले भ्रष्टाचारमा संलग्न जोकोहीमाथि कारबाही हुने स्पष्ट पारेका छन्। बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले सरकार भ्रष्टाचारका मुद्दामा गम्भीर रहेको धारणा राखे।

प्रवक्ता गुरुङले मन्त्रीसमेत भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए कानूनअनुसार कारबाही हुने बताए। “नैतिकताको विषय उठेपछि सामान्य प्रशासन मन्त्रीले राजीनामा दिइसक्नुभएको छ,” उनले भने, “अब सरकार तथ्य र प्रमाणका आधारमा अघि बढ्छ। भ्रष्टाचारमा आँखा चिम्लिएर बस्दैन।”

त्यस्तै, उनले भिजिट भिसामा स्पेन गएका तर नफर्किएका नेपाली नागरिकबारे सरकार अनुसन्धानमा लागेको जानकारी दिए।

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू सार्वजनिक गर्दै गुरुङले जापान सरकारबाट नागढुंगा सुरुङमार्ग निर्माण परियोजनाका लागि ५ अर्ब ७० करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरिएको जानकारी दिए।

साथै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्षमा डा. खगराज शर्मा नियुक्त गरिएको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि पनि चार महिनाका लागि थप गरिएको छ।

सैन्य क्षेत्रका निर्णयबारे जानकारी दिँदै उनले नेपाली सेनाका एक प्रमुख सेनानीलाई महासेनानीमा, एक महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र १९ जना सहायक सेनानीको सरुवा गर्ने निर्णय गरिएको जानकारी गराए।

यस्तो छ मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू मन्तिपरी:

निर्णयहरू

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय