२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ताको औपचारिक निर्णय गरेको हो।

पार्टीका प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले संसदीय दललाई समर्थन फिर्ता लिने निर्णय गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार संसदीय दलले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको समर्थन फिर्तासँगै सत्तारुढ गठबन्धनमा रहेका दलको संख्या अब ७ बाट घटेर ६ मा झरेको छ।

गत वर्ष असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले लगायत ७ दलको समर्थनसहित १८८ सांसदको समर्थन पाएका थिए। ओलीले त्यतिबेला प्रतिनिधि सभामा दुई तिहाइ बहुमत रहेको दाबी गर्दै आएका थिए।

तर जसपा नेपालको समर्थन फिर्तापछि राष्ट्रिय सभामा सत्तारुढ पक्ष अल्पमतमा परेको छ। ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेससँग १६, एमालेसँग ११, र लोसपासँग १ सिट मात्रै छ, जसले गर्दा सत्तारुढ गठबन्धनको संख्या २८ मा सीमित हुन्छ।

उता, विपक्षी गठबन्धनमा माओवादी केन्द्रसँग १७, एकीकृत समाजवादीसँग ८, जसपा नेपालसँग ३, र राष्ट्रिय जनमोर्चासँग १ सिट छ। राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले पनि एकीकृत समाजवादीमा प्रवेश गर्ने निर्णय गरेका छन्, जसले विपक्षी गठबन्धनलाई बहुमतमा पु¥याएको छ।

जसपाको समर्थन फिर्ताले सरकारको भविष्यबारे नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय