२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काठमाडौंमा नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु गर्दै काठमाडौं महानगरपालिका | मन्त्री प्रतिभा रावलले सुरु गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल | नयाँ संसदबाट नयाँ अपेक्षा: सुशासनदेखि रोजगारीसम्म जनताको संसदमा नजर | सुनचाँदीको भाउ ओरालो कतिमा झर्यो आजको मुल्य? | हनुमान जयन्तीको अवसरमा गृहमन्त्रीको पशुपतिनाथ भ्रमण | संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली |

बुधबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.२५ प्रतिशतले अर्थात् ३४.६१ अंकले बढ्दै २७९४.०५ अंकमा पुगेको छ। बैंकहरूले साउन महिनाका लागि ब्याजदर थप घटाएपछि लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह भएको विश्लेषण गरिँदैछ।

बजार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको थियो भने बुधबार १४ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको हो।

कुल १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ। व्यापार बाहेक सबै समूहका सूचकहरूमा हरियाली देखिएको छ। समूहगत सूचकमा विकास बैंक समूह सबैभन्दा धेरै ३.८६ प्रतिशतले वृद्धि भएको हो। अन्य उल्लेखनीय वृद्धिमा बैंकिङ १.५९%, हाइड्रोपावर १.२८%, माइक्रोफाइनान्स १.८५%, निर्जीवन बीमा १.८५%, उत्पादन तथा प्रशोधन १.३९% लगायत रहेका छन्। व्यापार समूह भने ०.१८ प्रतिशतले घटेको छ।

बुधबार सेयर मूल्यमा उल्लेखनीय वृद्धि भोग्ने कम्पनीहरूमा थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ। यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ८.४१%, अपर हेवाखोलाको ८.३०%, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०३%, फरवार्ड माइक्रोफाइनान्सको ७.८४% र बुटवल पावरको ६.७९% मूल्य वृद्धि भएको हो।

अर्कोतर्फ, मूल्य घट्ने प्रमुख कम्पनीहरूमा माइखोला हाइड्रोपावर (७.८७%), नारायणी डेभलपमेन्ट बैंक (२.९०%) र उन्नति सहकार्य लघुवित्त (२.१४%) रहेका छन्।

कारोबार रकमका आधारमा बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा शीर्ष पाँच स्थानमा परेका छन्।

ब्याजदर घट्दै गएसँगै सेयर बजारमा अझै सुधार आउने अपेक्षा गरिएको छ। लगानीकर्ता पक्षबाट उत्साहजनक सहभागिता देखिएको बुधबारको बजार सुधारले थप संकेत दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय