२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काठमाडौंमा नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु गर्दै काठमाडौं महानगरपालिका | मन्त्री प्रतिभा रावलले सुरु गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल | नयाँ संसदबाट नयाँ अपेक्षा: सुशासनदेखि रोजगारीसम्म जनताको संसदमा नजर | सुनचाँदीको भाउ ओरालो कतिमा झर्यो आजको मुल्य? | हनुमान जयन्तीको अवसरमा गृहमन्त्रीको पशुपतिनाथ भ्रमण | संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली |

नेकपा (एमाले) ले पार्टीको ‘वरिष्ठ उपाध्यक्ष’ पद खारेज गर्ने तयारी गरेको छ। पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेको आरोप लागिरहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पद नै हटाउने गरी आजको केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव पेश हुने भएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले नयाँ संशोधित विधान पारित गर्ने तयारी गरेको एक नेताले जानकारी दिए। उनका अनुसार, अबको विधानमा ‘वरिष्ठ उपाध्यक्ष’ पद नरहने गरी संरचना पुनःव्यवस्थित गरिनेछ।

हाल एमालेमा ६ जना उपाध्यक्ष छन्, तीमध्ये पोखरेल मात्र वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारीमा छन्। संविधानतः स्पष्ट अधिकार नभएको र नेतृत्वसँग मतभेद देखिएका कारण पोखरेलको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो।

पार्टीले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ। सो महाधिवेशनका लागि आजको सचिवालय बैठकले प्रारम्भिक संशोधन प्रस्ताव पारित गर्नेछ।

पार्टीमा पछिल्लो समय ७० वर्षे उमेर हद र अध्यक्षको दुई कार्यकाल सीमा सम्बन्धी विषयमा पनि आन्तरिक विवाद बढेको छ। विशेषतः भविष्यका नेतृत्व हस्तान्तरण र संरचनात्मक स्पष्टताका लागि विधान संशोधन अत्यावश्यक भएको एमाले नेताहरूले बताएका छन्।

आजको बैठकमा वरिष्ठ उपाध्यक्ष पदको खारेजीसहित अन्य पद, कार्यकाल र उमेर हदका विषयमा समेत गहिरो छलफल हुने अनुमान गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, यो निर्णय पार्टीको आन्तरिक शक्ति सन्तुलन र भविष्यको नेतृत्व प्रतिस्पर्धामा निर्णायक सावित हुनसक्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय