२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
विपिन जोशीको अवस्थाबारे अझै कुनै जानकारी छैन : इसराइलस्थित नेपाली राजदूत | विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीले गरिन छलफल | नागरिक सुरक्षामाथि आयोगको चिन्ता : हिंसात्मक घटनाको निष्पक्ष छानबिन माग | प्रधानमन्त्री कार्कीको निर्देशन : ‘नेपालको नयाँ यथार्थ विश्वसामु पुर्‍याउनुस्’ | टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध पहिलो खेलमा नेपालको ब्याटिङ | कांग्रेसमा नियमित महाधिवशेनको जोडबल | बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित |

नेकपा (एमाले) ले पार्टीको ‘वरिष्ठ उपाध्यक्ष’ पद खारेज गर्ने तयारी गरेको छ। पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेको आरोप लागिरहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पद नै हटाउने गरी आजको केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव पेश हुने भएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले नयाँ संशोधित विधान पारित गर्ने तयारी गरेको एक नेताले जानकारी दिए। उनका अनुसार, अबको विधानमा ‘वरिष्ठ उपाध्यक्ष’ पद नरहने गरी संरचना पुनःव्यवस्थित गरिनेछ।

हाल एमालेमा ६ जना उपाध्यक्ष छन्, तीमध्ये पोखरेल मात्र वरिष्ठ उपाध्यक्षका रूपमा जिम्मेवारीमा छन्। संविधानतः स्पष्ट अधिकार नभएको र नेतृत्वसँग मतभेद देखिएका कारण पोखरेलको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो।

पार्टीले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ। सो महाधिवेशनका लागि आजको सचिवालय बैठकले प्रारम्भिक संशोधन प्रस्ताव पारित गर्नेछ।

पार्टीमा पछिल्लो समय ७० वर्षे उमेर हद र अध्यक्षको दुई कार्यकाल सीमा सम्बन्धी विषयमा पनि आन्तरिक विवाद बढेको छ। विशेषतः भविष्यका नेतृत्व हस्तान्तरण र संरचनात्मक स्पष्टताका लागि विधान संशोधन अत्यावश्यक भएको एमाले नेताहरूले बताएका छन्।

आजको बैठकमा वरिष्ठ उपाध्यक्ष पदको खारेजीसहित अन्य पद, कार्यकाल र उमेर हदका विषयमा समेत गहिरो छलफल हुने अनुमान गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, यो निर्णय पार्टीको आन्तरिक शक्ति सन्तुलन र भविष्यको नेतृत्व प्रतिस्पर्धामा निर्णायक सावित हुनसक्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय