२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काठमाडौंमा नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु गर्दै काठमाडौं महानगरपालिका | मन्त्री प्रतिभा रावलले सुरु गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल | नयाँ संसदबाट नयाँ अपेक्षा: सुशासनदेखि रोजगारीसम्म जनताको संसदमा नजर | सुनचाँदीको भाउ ओरालो कतिमा झर्यो आजको मुल्य? | हनुमान जयन्तीको अवसरमा गृहमन्त्रीको पशुपतिनाथ भ्रमण | संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली |

सौरमासअनुसार साउन महिना सुरु भएसँगै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको छ। भगवान् शिवको आराधना गर्ने विशेष महिना मानिने साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनहरू दर्शन र पूजाका लागि लामबद्ध देखिएका छन्।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीका अनुसार बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका भक्तजनका लागि खोलिएको थियो। “आजदेखि पशुपति क्षेत्रमा चारवटा ठूला धार्मिक कार्यक्रम पनि सुरु भएका छन्, जसमा कलश यात्रा, विशेष पूजाआजा र शिव आराधनालगायत रहेका छन्,” उनले जानकारी दिए।

साउन महिनामा विशेषतः सोमबार र शनिबार पशुपति क्षेत्रमा भक्तजनको अत्यधिक भीड लाग्ने गरेको छ। यसपटकको साउन महिनामा चारवटा सोमबार र पाँचवटा शनिबार परेकाले भक्तजनको संख्यामा अझ वृद्धि हुने अनुमान गरिएको छ।

पशुपति क्षेत्रमा सोमबार र शनिबारका लागि स्वयंसेवक परिचालन र कडाइ गरिएको सुरक्षा व्यवस्थाको व्यवस्था गरिएको कोषले जनाएको छ। भक्तजनको व्यवस्थापनका लागि ट्राफिक व्यवस्था, प्रवेश लाइन व्यवस्थापन र आकस्मिक स्वास्थ्य सेवाको तयारी समेत मिलाइएको छ।

पशुपतिनाथ मन्दिरसँगै उपत्यकाभित्रका प्रमुख शिवालय— गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रमा रहेको मक्खन महादेव (सानो पशुपति) लगायतका स्थानमा पनि बिहानैदेखि श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको छ।

चान्द्रमासअनुसार साउन महिना असार २७ गते शुक्रबारदेखि नै सुरु भइसकेको हो। धार्मिक आस्था र विशेष महत्व बोकेको यो महिनामा भक्तजनहरू व्रत बस्ने, शिव मन्दिरमा पूजाआजा गर्ने, हरियो चुरा र पहेंलो वस्त्र लगाउने चलन रहेको छ।

साउनको पहिलो दिनदेखि नै देशभरको धार्मिक माहोल भक्तिपूर्ण बनेको छ। मौसमले साथ दिएको खण्डमा यस वर्षको साउन महिना भक्तजनका लागि सहज र धार्मिकरूपमा विशेष हुने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय