२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको मिति घोषणा गरेको छ।

क्यानका अनुसार एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। यसपटक दसैँलगत्तै सुरु हुने एनपीएल तिहारको समयमा समेत जारी रहनेछ।

अर्थात् दसैँको पूर्णिमाको भोलिपल्टदेखि नै एनपीएल सुरु हुनेछ। क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै एनपीएल २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने जानकारी दिएका छन्।

एनपीएलका लागि खेलाडीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले विभिन्न टोलीहरू विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रियामा रहेका छन्।

यसअघि एनपीएल तिहारपछि मंसिरमा आयोजना हुँदै आएको थियो। यसपटक मिति घोषणा भए पनि खेलतालिका भने सार्वजनिक गरिएको छैन।

यद्यपि, क्यान स्रोतका अनुसार तिहारका महत्वपूर्ण तीन दिन भने खेल नराख्ने सम्भावना रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय