
खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।
प्रहरीका अनुसार उनले उपभोक्तालाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको सूचना पाएपछि पक्राउ गरिएको हो।
प्रहरी टोलीले चेकजाँच तथा अनुगमन गर्ने क्रममा उनको साथबाट तीन थान ग्यास सिलिन्डर नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
