२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने | व्यवसायी दीपक भट्ट पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान | ओली–लेखक पक्राउको विरोधमा प्रतिनिधिसभामा एमालेको आपत्ति | एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित एसईईको कपी जाँच आजैदेखि | काठमाडौंमा नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु गर्दै काठमाडौं महानगरपालिका |

नेपाली कांग्रेसकी वरिष्ठ नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेकी छन्।

भण्डारीसँग खिचिएको पुरानो तस्बिर सार्वजनिक गर्दै कोइरालाले फेसबुकमार्फत एक सन्देश लेख्दै भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह थपिएको बताएकी छन्।

“पूर्वराष्ट्रपति श्री विद्यादेवी भण्डारीजीको ‘सक्रिय राजनीति’मा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ,” कोइरालाले लेखेकी छन्।

कोइरालाले भण्डारीलाई ‘सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कारयुक्त व्यक्तित्व’का रूपमा चित्रण गर्दै उनको आगामी राजनीतिक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

“उहाँ एक सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ,” उनले लेखेकी छन्, “उहाँलाई आगामी राजनीतिक यात्राका लागि हार्दिक शुभकामना।”

पूर्वराष्ट्रपति भण्डारी हालै देखिएका केही सार्वजनिक गतिविधिहरूपछि राजनीतिक वृत्तमा उनको सक्रिय भूमिकाबारे चर्चाहरू बढेका छन्। नेता कोइरालाको यस्तो अभिव्यक्तिले भण्डारीको सम्भावित राजनीतिक पुनरागमनलाई थप पुष्टि गर्ने संकेत देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय