२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? |

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाबीच आज खुमलटारमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

शेखर कोइराला प्रचण्ड निवास खुमलटार पुगेर करिब दुई घण्टा लामो छलफलमा सहभागी भएका हुन्। शेखर निकट एक नेताका अनुसार पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत रूपमा कुराकानी भएको हो।

“पछिल्लो राजनीतिक परिस्थिति र शक्ति सन्तुलनबारे उहाँहरूबीच गहिरो छलफल भयो,” ती नेताले जानकारी दिए।

नेकपा (एमाले) सँग कांग्रेसको पछिल्लो सहकार्यप्रति नेता शेखर कोइराला खुलेरै असन्तुष्टि जनाइरहेका छन्। विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति उनले सार्वजनिक रूपमा आलोचना गर्दै आएका छन्।

यस्तो अवस्थामा कोइरालाको प्रचण्ड निवास पुगेर गरिएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विश्लेषकहरूले यो भेटलाई आगामी सत्ता समीकरण तथा विपक्षी ध्रुवीकरणका सम्भावनासँग जोडेर हेर्न थालेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय