२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

नेकपा एमालेले राजनीतिक सहकार्यको ढोका बन्द गरेपछि बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान अब नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएको छ।

आज राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरी दुई समूहबीच औपचारिक रुपमा एकता घोषणा गरिनेछ। कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, र अभियान संयोजक बामदेव गौतमले सम्बोधन गर्ने तयारी छ।

दुई समूहबीचको एकता प्रक्रिया यसअघि नै औपचारिक चरणमा पुगेको हो। नेताहरू नेपाल र गौतमले एकता सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्।

बामदेव गौतमले एमालेसँग पुनःएकताको प्रयास असफल भएपछि ‘वामपन्थी एकता’ को उद्देश्यसहित छुट्टै अभियान थालेका थिए। तर पछिल्ला राजनीतिक समीकरणले उनको नेतृत्वमा रहेको अभियानलाई नेकपा एसमा गाभिनु नै उपयुक्त देखिएको हो।

नेताहरूका अनुसार आजको कार्यक्रममा आगामी संयुक्त कार्ययोजना र सांगठनिक पुनःसंरचनाबारे पनि सार्वजनिक घोषणा गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय