२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा (एमाले) को बिहीबार राति सम्पन्न सचिवालय बैठकले आगामी दोस्रो विधान महाधिवेशनमा दशौं महाधिवेशनका प्रतिनिधिलाई मात्र सहभागी गराउने निर्णय गरेको छ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, विधान महाधिवेशनमा नयाँ प्रतिनिधि मनोनीत नगर्ने निर्णय भएको छ। यस निर्णयसँगै सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा अन्य मनोनीत केन्द्रीय सदस्यहरू प्रतिनिधिको हैसियतमा विधान महाधिवेशनमा सहभागी हुन नपाउने भएका छन्।

ज्ञवालीले जानकारी दिएअनुसार मुकुन्द न्यौपाने लगायत अन्य मनोनीत सदस्यहरू पनि अब आयोजकको हैसियतमा मात्र कार्यक्रममा सहभागी हुन पाउनेछन्, प्रतिनिधिको रूपमा होइन।

संगठनात्मक संरचनामा परिवर्तन

सचिवालय बैठकले पदाधिकारी संख्या १५ र केन्द्रीय कमिटीको सदस्य संख्या २५१ रहने निर्णयसमेत गरेको छ। प्रारम्भिक प्रस्तावमा ११ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी थियो, तर छलफलपछि संख्या बढाइएको हो।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा आधारित रहेर सचिवालयले नयाँ संरचना अनुमोदन गरेको हो।

सचिवालय समिति हटाइयो, अब स्थायी कमिटी मात्रै

ज्ञवालीका अनुसार, अब पार्टीको केन्द्रीय संरचना तीन तहको हुनेछ – केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी। सचिवालय समिति हटाइने भएको छ र १५ जना पदाधिकारीलाई नै स्थायी कमिटीको रूपमा मानिनेछ।

दुई प्रकारका सदस्य रहने

नयाँ विधान संशोधनमा एमालेभित्र दुई खालका सदस्य रहने व्यवस्थाको प्रस्ताव गरिएको छ। यसबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुने तय भएको छ। सो महाधिवेशनमा पार्टीको विधान, संगठनात्मक ढाँचा र नेतृत्व चयनको मापदण्ड तय गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय