२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने | व्यवसायी दीपक भट्ट पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान | ओली–लेखक पक्राउको विरोधमा प्रतिनिधिसभामा एमालेको आपत्ति | एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित एसईईको कपी जाँच आजैदेखि |

डडेलधुरालगायतका पहाडी जिल्लामा लोपोन्मुख हुँदै गएका रैथाने बाली संरक्षण तथा बिउ उत्पादनमा अमरगढी नगरपालिका सक्रिय बनेको छ।

मुख्य खाद्यान्न बाली धान, गहुँ, मकै र कोदो सँगै पहिले फापर, चिनो, गहत, भटमास, मास, मुसुरो, बोडी, गुराउस, सोट्टा, रयासजस्ता रैथाने बालीको व्यापक उत्पादन हुन्थ्यो। तर पछिल्लो दशकयता किसानले यस्ता बाली लगाउन छोड्दै गएका छन्।

कृषि क्षेत्रका जानकारहरूका अनुसार बिउमा बढ्दो परनिर्भरता, जङ्गली जनावरको आतंक, बढ्दो बसाइँसराइ, र परम्परागत कृषि प्रणालीले गर्दा किसान रैथाने बालीप्रति आकर्षित रहन सकेका छैनन्।

डेढ दशकअघि अमरगढी नगरपालिका–७ मा स्थापना गरिएको बिउ बैङ्कले केही समयसम्म देशभरि बिउ आपूर्ति गरे पनि संघीयता आएपछि आवश्यक कार्यक्रम नआएकाले बन्द गर्नुपरेको तत्कालीन सञ्चालक एवं वडा अध्यक्ष खडक बोहोराले जानकारी दिनुभयो।

रैथाने बाली संरक्षण तथा जैविक विविधता प्रवर्द्धनका लागि अमरगढी नगरपालिकाको कृषि शाखाले “कृषि जैविक विविधता संरक्षण तथा सामाजिक बिउ सुदृढ कार्यक्रम” सञ्चालनमा ल्याएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले ११ वटै वडाका किसानलाई शतप्रतिशत अनुदानमा कोदो, सिमी, कागुनो, र चिनोको बिउ वितरण गरेको कृषि शाखा संयोजक रमेश भण्डारीले जानकारी दिनुभयो।

यसका साथै अमरगढी–७ को पोखरा क्षेत्रमा रहेको पुरानो बिउ बैङ्क पुनः सञ्चालन गर्न करिब पाँच लाख रुपैयाँ बजेट खर्च गरिएको छ।

कृषक सरस्वती भण्डारीले तालिमसँगै बिउ भण्डारणका लागि हार्मेटिक ब्याग र मल कुहाउने इएम झोल पाउँदा खेतीमा सहज भएको बताउनुभयो।

स्थानीय जलवायु र भूगोलसँग अनुकूल यस्ता बाली पोषणमा भरपूर, जलवायु परिवर्तन प्रतिरोधी र वातावरणमैत्री मानिन्छन्।

अमरगढी नगरपालिकाको यो पहलले न केवल जैविक विविधता जोगाउने विश्वास गरिएको छ, तर यसले स्थानीय खाद्य प्रणाली सुदृढ गर्दै कृषकलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

  • गोरखापत्र अनलाइन

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय