२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

रौतहटको कटहरिया नगरपालिका–५ निवासी पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्या गरेका छन्। अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिबार साँझ आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

झ्यालको रडमा पासो लगाएर आत्महत्या गरेका प्रजापतिलाई परिवारले तत्काल उद्धार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। हाल उनको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो।

पत्रकार प्रजापति गरुडा म्युजिकल एफएममा कार्यरत थिए र रेडियोमा समाचार वाचन गर्थे। केही समयदेखि उनी कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट पटक–पटक धम्कीको सिकार बनिरहेका थिए।

स्थानीयले बताएअनुसार प्रजापतिले केही दिनअघि नगरपालिका क्षेत्रको खानेपानी समस्या सम्बन्धी समाचार लेखेका थिए। उक्त समाचारपछि मेयर जयसवालले उनलाई धम्की दिँदै गालीगलौज गरेका थिए।

धम्कीपछि मानसिक तनावमा रहेका प्रजापति डरले घरबाट बाहिर निस्कनसमेत छाडेका थिए। स्थानीयले प्रजापतिको आत्महत्याको मुख्य कारण मेयरको निरन्तर धम्की भएको बताएका छन्।

पत्रकारमाथिको दबाबबारे प्रेस चौतारी रौतहटले समेत गत जेठ २९ गते विज्ञप्ति जारी गर्दै मेयर जयसवालको धम्कीप्रति आपत्ति जनाएको थियो।

तर, डिएसपी कार्कीले भने मेयरले धम्की दिएको विषयमा प्रहरीलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। “मेयरले धम्की दिएको भन्ने पुष्टि भइसकेको छैन, घटनाको अनुसन्धान भइरहेको छ,” उहाँले बताउनुभयो।

यस घटनापछि पत्रकार सुरक्षा, प्रेस स्वतन्त्रता र जनप्रतिनिधिको भूमिकाबारे गम्भीर प्रश्न उठेको छ। पत्रकार महासंघ लगायतका संगठनहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरिरहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय