२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

लामो समयदेखि निर्णयविहीन बनेको न्याय परिषद्को बैठक आज आइतबार साँझ ५ बजेपछि बस्दैछ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विदेशमा रहेका एक सदस्यको सहमतिसहित बैठक बोलाएका हुन्।

सूचना अनुसार, विदेश भ्रमणमा रहेका परिषद् सदस्य दामोदर खड्काको सहमति लिएर बैठक आह्वान गरिएको हो। खड्का साउन १३ गते मात्र स्वदेश फर्किने कार्यक्रम छ।

बैठकमा मुख्य रूपमा न्यायाधीशहरूको सरुवा र उच्च अदालतमा रिक्त पदमा नियुक्ति सम्बन्धी प्रस्तावहरू प्रस्तुत हुनेछन्। हाल उच्च अदालतमा २ मुख्य न्यायाधीशसहित २७ न्यायाधीशको पद रिक्त रहेको छ।

प्रधानन्यायाधीश राउतले असार महिनाभित्रै व्यापक सरुवा र केही नियुक्ति गर्न चाहेका थिए। तर परिषद्का सदस्यहरूबीच मत नमिल्दा पछिल्ला बैठकहरू निष्कर्षविहीन हुँदै आएका थिए।

त्यस्तै, परिषद्का अर्का सदस्य तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले साउन १४ गतेसम्म अध्ययनको समय आवश्यक पर्ने भन्दै सक्रिय निर्णय प्रक्रिया टारेका थिए।

आजको बैठकले न्यायपालिका भित्रको मानव संसाधन व्यवस्थापनमा केही ठोस निर्णय गर्ने सम्भावना रहेको छ। परिषद्का निर्णयले लामो समयदेखि रिक्त पदपूर्ति नहुँदा प्रभावित हुँदै आएको न्यायिक कार्यसञ्चालनलाई गति दिने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय