२०८३ आश्विन २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार दिउँसो एमाले केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता सम्पन्न भएको छ। करिब डेढ घण्टा लामो छलफल राष्ट्रिय राजनीतिका विषयमा केन्द्रित रहेको बताइएको छ।

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले “आज राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भयो, अरु विषय तपाईंहरूलाई आधिकारिक च्यानलबाट थाहा हुन्छ” भन्दै छलफलको प्रकृति स्पष्ट पार्नुभयो।

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने संकेत पटक–पटक दिइरहनुभएको थियो। पार्टी सदस्यता नवीकरण भइसकेको जानकारी दिनुहुँदै, उहाँ एमाले केन्द्रीय कार्यालयमा पहिलोपटक प्रवेश गर्नुभएको हो। उहाँको स्वागत एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले गर्नुभएको थियो।

पूर्वराष्ट्रपतिले पार्टी राजनीतिमा पुनः सक्रिय हुने सार्वजनिक अभिव्यक्ति दिइसकेपछि एमाले सचिवालय र पोलिटब्यूरो बैठकहरूमा यसबारे औपचारिक छलफल सुरु भएको हो। शनिबार सम्पन्न पोलिटब्यूरो बैठकमा केही नेताहरूले पूर्वराष्ट्रपतिजस्तो गरिमामय पद सम्हालेको व्यक्तिले सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राखेका थिए।

आजको भेटवार्ता त्यसै बहसको सिलसिलामा नेतृत्वस्तरीय औपचारिक छलफलका रूपमा हेरिएको छ। एमालेभित्र भण्डारीको पुनः सक्रिय भूमिकाले पार्टीको आगामी राजनीतिक समीकरण र सांगठनिक नेतृत्वमा के असर पार्नेछ भन्ने विषय अब चासोको केन्द्र बनेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय