२०८३ आश्विन २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

आज सोमबार पनि देशभरको मौसम बदली रहने र धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान ६ बजे जारी बुलेटिनअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले चेतावनी दिएको छ। त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ।

रातको समय पनि शान्त हुने देखिँदैन। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी क्षेत्रका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्‌हरूका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा हल्का, १० देखि ५० मिलिमिटरसम्म मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भारी, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा अति भारी मानिन्छ।

महाशाखाका अनुसार “एक-दुई स्थानमा वर्षा” भन्नाले सम्बन्धित प्रदेशको १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्ने संकेत हुन्छ। त्यसैगरी १०–३० प्रतिशत क्षेत्रमा सम्भावना देखिए “थोरै स्थानमा”, ३०–५० प्रतिशतमा “केही स्थानमा”, ५०–८० प्रतिशतमा “धेरै स्थानमा” र ८० प्रतिशतभन्दा बढीमा “अधिकांश स्थानमा वर्षा” हुने भनिन्छ।

महाशाखाले देशका पहाडी तथा हिमाली क्षेत्र आसपासका नदीहरूमा पानीको बहाव बढ्न सक्ने र पहिरोको सम्भावना पनि रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रु, किसान र नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन भनिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय