२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र | लगातार ६ जितको चमत्कार लुम्बिनीले जित्यो एनपीएल सिजन–२ | फाइनलमा लुम्बिनीको दबदबा सुदूरपश्चिम ८५ रनमै अलआउट | एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको पार्टी हो : केपी शर्मा ओली | मधेशका पुल निर्माण अलपत्र भएपछि कुलमान घिसिङले दिए चेतावनी |

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको ७० वर्षे उमेर हद प्रावधानमा जेलमा बिताएको १४ वर्ष कटौती गर्नुपर्ने तर्क अघि सारेको भन्दै पूर्व नेता डा. भीम रावलले तीव्र व्यङ्ग्य गरेका छन्।

एमाले परित्याग गरी हाल मातृभूमि जागरण अभियानमा सक्रिय रावलले सोमबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा टिप्पणी गर्दै ओलीको ‘अतृप्त पद र सत्ता लोभ’लाई लक्षित गर्दै कटाक्ष गरेका हुन्।

“एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ,” रावलले लेखेका छन्, “केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि?”

रावलको यस्तो प्रतिक्रिया ओलीले पार्टी बैठकमा व्यक्त गरेको भनिएको तर्कपछि आएको हो, जसअनुसार ७० वर्षे उमेर सिमा गणनामा उनले झ्यालखानामा बिताएको समय घटाइनुपर्ने बताएका थिए। एमालेले कार्यकारी पदमा ७० वर्षे उमेर सिमा र दुई कार्यकालको सिमाका विषयमा निर्णय गर्दै आएको छ, जुन विषय हाल पार्टीभित्र पनि बहसको केन्द्रमा छ।

यस प्रकरणले एमालेको नेतृत्व, आन्तरिक लोकतन्त्र र शक्ति केन्द्रित व्यवस्थाप्रति पुनः बहस सुरु गराएको छ। रावलजस्ता नेताले सार्वजनिक रूपमा आलोचना गर्न थालेपछि पार्टीभित्रको असन्तुष्टि झन् सतहमा आएको विश्लेषकहरू बताउँछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय