२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने | व्यवसायी दीपक भट्ट पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान | ओली–लेखक पक्राउको विरोधमा प्रतिनिधिसभामा एमालेको आपत्ति | एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित एसईईको कपी जाँच आजैदेखि |

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको ७० वर्षे उमेर हद प्रावधानमा जेलमा बिताएको १४ वर्ष कटौती गर्नुपर्ने तर्क अघि सारेको भन्दै पूर्व नेता डा. भीम रावलले तीव्र व्यङ्ग्य गरेका छन्।

एमाले परित्याग गरी हाल मातृभूमि जागरण अभियानमा सक्रिय रावलले सोमबार सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा टिप्पणी गर्दै ओलीको ‘अतृप्त पद र सत्ता लोभ’लाई लक्षित गर्दै कटाक्ष गरेका हुन्।

“एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ,” रावलले लेखेका छन्, “केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि?”

रावलको यस्तो प्रतिक्रिया ओलीले पार्टी बैठकमा व्यक्त गरेको भनिएको तर्कपछि आएको हो, जसअनुसार ७० वर्षे उमेर सिमा गणनामा उनले झ्यालखानामा बिताएको समय घटाइनुपर्ने बताएका थिए। एमालेले कार्यकारी पदमा ७० वर्षे उमेर सिमा र दुई कार्यकालको सिमाका विषयमा निर्णय गर्दै आएको छ, जुन विषय हाल पार्टीभित्र पनि बहसको केन्द्रमा छ।

यस प्रकरणले एमालेको नेतृत्व, आन्तरिक लोकतन्त्र र शक्ति केन्द्रित व्यवस्थाप्रति पुनः बहस सुरु गराएको छ। रावलजस्ता नेताले सार्वजनिक रूपमा आलोचना गर्न थालेपछि पार्टीभित्रको असन्तुष्टि झन् सतहमा आएको विश्लेषकहरू बताउँछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय