२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध |

नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ। मंगलबार राति ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सम्पन्न बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त विषयमा स्पष्ट धारणा राख्दै भण्डारीको पार्टी सदस्यता नवीकरण नै त्रुटिपूर्ण भएको बताए।

ओलीले बैठकमा पार्टी विधानको धारा ८ र ९ को व्याख्या गर्दै भण्डारीले पुनः राजनीतिमा फर्कन संविधान, मूल्य र स्थापित मान्यता विपरीत हुने निष्कर्ष प्रस्तुत गरे। उनका अनुसार, भण्डारीले अरूमार्फत सदस्यता नवीकरण गरेकी थिइन्, जुन विधानविपरीत रहेको भन्दै त्यो वैध नहुने जनाइएको छ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि जानकारी दिँदै पूर्वराष्ट्रपति राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक र देशको अभिभावक भएकाले यस्तो गरिमायुक्त पदमा रहेका व्यक्तिले पुनः कुनै दलको नेता वा कार्यकर्ता बन्न नमिल्ने स्पष्ट गरे। “पूर्वराष्ट्रपति पार्टीको झन्डा बोकेर हिँड्नु हुँदैन,” गौतमले भने, “यो न केवल एमालेको, तर सबै पार्टीका लागि गम्भीर विषय हो।”

पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते राजनीतिमा फर्कने घोषणा गरेपछि सो विषयमा व्यापक बहस चलेको थियो। तर पार्टीको औपचारिक निर्णयले उनको सक्रिय राजनीतिमा फर्किने योजना तत्कालका लागि अवरुद्ध भएको देखिन्छ। ओलीले बैठकमा “अब विद्या भण्डारी कमरेड होइनन्, सम्माननीय पूर्वराष्ट्रपति हुन्” भन्दै स्पष्ट सन्देश दिएका थिए।

बैठकमा सहभागी नेताहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले भने भण्डारीबारे गरिएको निर्णयमा असहमति जनाएका छन्। तर केन्द्रीय नेतृत्वको बहुमतबाट निर्णय पारित भएको जनाइएको छ।

उक्त बैठकमा अर्को महत्वपूर्ण निर्णय गर्दै पार्टीले अध्यक्ष ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो पनि खुला गरिदिएको छ। पार्टी विधानमा रहेको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव पारित गर्दै ओलीको नेतृत्वलाई पुनः निरन्तरता दिने तयारी गरिएको छ। यो निर्णय भदौमा हुने विधान अधिवेशनबाट औपचारिकता प्राप्त गर्नेछ।

प्रचार विभाग प्रमुख गौतमले भने, “७० वर्ष उमेर हद र दुई कार्यकालको सीमा ओलीलाई मात्र रोक्ने व्यवस्था थियो। अहिले हामी उहाँलाई रोक्न चाहँदैनौं।”

करिब १२ घन्टा चलेको दुईदिने बैठकले एमालेको भावी दिशा र नेतृत्वको रूपरेखा स्पष्ट पार्दै, पार्टीभित्र शक्ति सन्तुलनको स्पष्ट सन्देश दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय