२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध |

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात इतिहासकै उच्च बिन्दुमा पुगेको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत जानकारी दिँदै चालु आर्थिक वर्षमा नेपालले कुल रु. २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी दिनुभएको हो।

उहाँका अनुसार आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कुल निर्यात रु. १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाखमा सीमित थियो। यस वर्षको निर्यात गत वर्षको तुलनामा ८१.८० प्रतिशतले वृद्धि भएको छ।

“यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ,” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु. १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो। यसपटक भने निर्यात २ खर्ब ७७ अर्ब ३ करोड २ लाख पुगेको छ।”

प्रधानमन्त्री ओलीले यो वृद्धिलाई सरकारको प्रभावकारी नीति तथा प्रयासको परिणामका रूपमा वर्णन गर्नुभएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय