२०८३ आश्विन २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति कडा आलोचना गर्दै सरकारको नैतिक तथा राजनीतिक औचित्य समाप्त भइसकेको दाबी गरेकी छन्।

संघीय संसदको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले संविधान संशोधनको बाचा गरेर सत्ता गठबन्धनमा रहेका दलहरू सरकारी सम्पत्ति र जनताको भावना बेच्न उद्यत भएको आरोप लगाइन्।

“बाचा सुशासनको, अनि जनताको लागि लड्नेहरूलाई जेल, भ्रष्टाचारमा मुछिएकाहरूलाई स्याबासी,” भन्दै सांसद कार्कीले सरकारले गलत प्राथमिकता लिएको टिप्पणी गरिन्।

भिजिट भिसा प्रकरण र छानबिन समितिको विवाद

सांसद कार्कीले भिजिट भिसा प्रकरणमा सत्ता पक्षले निष्पक्ष छानबिन गर्न नचाहेको आरोप लगाउँदै उक्त प्रकरण छानबिनका लागि बनेको समितिलाई ‘बादलको पुच्छर’ को संज्ञा दिइन्। उनले भनेकी छन्, “जसमा छानबिन हुनुपर्ने हो, उसकै संयोजकत्वमा समिति बनेको छ। त्यसैले हामीले पहिलो दिनदेखि नै बहिष्कार गरेका छौँ।”

उनले रास्वपाले उठाएको मागअनुसार नयाँ छानबिन समिति नबनिएसम्म आन्दोलन नरोकिने स्पष्ट पारिन्।

सदनप्रति प्रश्न

कार्कीले संसद जनताको आवाज हो कि सरकारको कठपुतली? भन्ने प्रश्न गर्दै सत्तापक्षले दुई प्रमुख प्रतिपक्ष दलको निरन्तर विरोधलाई बेवास्ता गर्दै सदन सञ्चालन गरिरहेको आरोप लगाइन्। “जनताले हेरेका छन्, सुनेका छन्, उनीहरूले एक–एक हिसाब राखिरहेका छन्,” उनले भनिन्।

सांसद कार्कीको यो अभिव्यक्तिले संसदमा सरकारको आलोचना झन चर्किएको छ। विपक्षी दलहरू सरकारलाई दबाब दिने रणनीतिमा उत्रिएसँगै संसदमा बहस तीव्र हुँदै गएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय