२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

सिरियामा दशकभन्दा लामो गृहयुद्धले पुर्‍याएको विध्वंसपछिको पुनर्निर्माणका लागि साउदी अरेबियाले ठूलो आर्थिक सहयोगको प्रतिबद्धता जनाएको छ। साउदी अरेबियाले सिरियाको पुनर्निर्माणका लागि ६.४ अर्ब अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेको छ, जुन हालसम्म कुनै एक देशबाट गरिएको सबैभन्दा ठूलो सहयोगमध्ये एक हो।

सन् २०११ मा सुरु भएको सिरियाको गृहयुद्धले लाखौँ मानिसको ज्यान लिएको छ। प्रारम्भमा शान्तिपूर्ण विरोधबाट सुरु भएको आन्दोलन हिंसात्मक द्वन्द्वमा रूपान्तरण हुँदै गएपछि देशका प्रमुख सहरहरूमा विनाश आयो। युद्धको कारण ५ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब आधा जनसंख्या विस्थापित बन्न बाध्य भएको छ—कसैको शरण स्वदेशमै त कसैको विदेश पलायन।

युद्धका कारण लाखौँ नागरिक आधारभूत सेवा जस्तै खानेपानी, बत्ती, स्वास्थ्य सेवा र विद्यालय—बाट वञ्चित भएका छन्। अहिले केही क्षेत्रहरूमा शान्ति फर्किए पनि पुनर्निर्माण चुनौतीपूर्ण र खर्चिलो कार्य बनेको छ।

यसै सन्दर्भमा साउदी अरेबियाले सिरियाको पुनर्निर्माणमा अग्रसर भूमिका निर्वाह गर्ने निर्णय गरेको हो। साउदीले प्रतिवद्ध गरेको ६.४ अर्ब डलरको सहायता स्वास्थ्य, शिक्षा, पूर्वाधार, सडक, अस्पताल, घर पुनर्निर्माण, खानेपानी तथा अन्य सेवा प्रणालीको पुनर्स्थापनामा खर्च गरिनेछ।

सिरियाली जनताले आधारभूत सेवा पुनः प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विभिन्न विकास परियोजनाहरू सञ्चालन गरिने साउदी अधिकारीहरूले जनाएका छन्। विशेष गरी बालबालिका, महिला र विस्थापित परिवारहरूलाई लक्षित गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने योजना बनाइएको छ।

सिरियाको पुनर्निर्माण कार्य सफल बनाउन साउदी अरेबिया, सिरियाली सरकार र स्थानीय समुदायबीच नजिकको सहकार्य आवश्यक रहनेछ। प्रारम्भमा सबै पक्षबीच आपसी विश्वास कायम गर्नु, प्राथमिक आवश्यकता पहिचान गर्नु र साझा लक्ष्य बनाउनु महत्वपूर्ण छ।

विशेष गरी सबभन्दा बढी क्षति पुगेका क्षेत्रहरू वा विस्थापितको संख्याले प्रभावित भएका ठाउँमा पुनर्निर्माण प्राथमिकतामा राखिनेछ। साउदी अरेबियाको यो पहलले युद्धपछिको सिरियालाई पुनः जीवन दिन सक्ने आशा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय