२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

इरानको जेलमा थुनामा रहेका पाँच नेपाली नागरिक थुनामुक्त भई स्वदेश फर्किएका छन्। तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा उनीहरू ८ साउनमा काठमाडौं आइपुगेका हुन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरू स्वदेश फर्किएको जानकारी दिएको हो। मन्त्रालयले इरानी अदालतको आदेशपछि उनीहरूलाई थुनामुक्त गराइएको उल्लेख गरेको छ।

हालै इजरायल र इरानबीच भएको युद्धविरामपछि क्षेत्रको सुरक्षा स्थिति केही सहज हुँदै गएको छ। द्वन्द्वको चपेटामा परेका नेपालीहरूलाई सुरक्षित रूपले स्वदेश फर्काउने प्रयासमा सरकार सक्रिय रहेको मन्त्रालयले जनाएको छ।

यसअघि द्वन्द्वका बेला भारत सरकारसँगको समन्वयमा ९ जना नेपाली नागरिकलाई उद्धार गरी तीन चरणमा नेपाली भूमिमा ल्याइएको थियो। ती नेपालीहरू भारतीय वायुसेनाको विमानमार्फत फिर्ता गरिएको हो।

सरकारले विदेशमा संकटमा परेका नेपालीहरूको सुरक्षालाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय