२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

साउन महिनाको मध्यतिर आइपुग्दा पनि मधेशमा वर्षा नहुनुका कारण खडेरीको अवस्था गम्भीर बन्दै गएको छ। महोत्तरी जिल्लाका अधिकांश धानबाली क्षेत्रहरूमा लामो समयदेखि पानी नपरेपछि खेत सुक्न थालेका छन्। खेतहरूमा धाँजा फाटेका छन्, पानीको चरम अभाव छ, र किसानहरू गम्भीर चिन्तामा परेका छन्।

महोत्तरीको सम्सी, औरही, मनरा सिसवा, जलेश्वरलगायतका क्षेत्रमा रोपाइँ गरिएको धान अब सुक्न थालेको किसानहरूले बताएका छन्। उनीहरूका अनुसार रोपाइँपछि एक दुईपटक सिंचाइको व्यवस्था त गरिएको थियो, तर लगातार पानी नपर्दा जमिन चिरा परेको छ र धानको बिरुवा पहेलो बन्दै सुक्न थालेका छन्।

“धान उम्रिएपछि पानीको एकदम खाँचो पर्छ, तर यहाँ त एक महिनासम्म राम्ररी पानी परेको छैन,” सम्सीका किसान हरिनारायण यादवले भने, “खेतमा चिरा परेको छ, धान त झारजस्तै सुक्दै छ। अब पानी परेन भने सबै नासिन्छ।”

स्थानीय कृषकहरू भन्छन्— सरकारले सिँचाइका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने हो, तर हालसम्म कुनै ठोस पहल भएको देखिँदैन। ट्युबवेल र नहरमार्फत केही ठाउँमा पानी पुर्‍याउने प्रयास भए पनि त्यो सबै ठाउँका लागि पर्याप्त छैन।

जिल्ला कृषि कार्यालयका अनुसार महोत्तरीमा झण्डै २८ हजार हेक्टरमा धानखेती हुने गर्छ, तर यस वर्ष हालसम्म मात्र ४० प्रतिशत क्षेत्रमै रोपाइँ भएको छ। बाँकी क्षेत्र खडेरीकै कारण खाली रहेको छ।

“मनसुन ढिलो हुनु र वर्षा नियमित नहुनुले धान खेती प्रभावित भएको छ,” महोत्तरी कृषि विकास कार्यालयका प्रमुख रामबाबु ठाकुरले भने, “हामी किसानहरूलाई सल्लाह दिइरहेका छौं र स्थानीय तहसँग समन्वय गरेर सिँचाइको वैकल्पिक उपाय खोज्ने प्रयास भइरहेको छ।”

स्थानीय तहले पनि यो समस्या समाधान गर्न पहल गर्ने बताउँदै आएका छन्, तर पानी नपर्ने हो भने क्षति अझै गम्भीर हुनसक्ने खतरा देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय