२०८२ मंसिर २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

थाइल्यान्ड र कम्बोडियाबीचको विवादित सीमाक्षेत्रमा युद्धविराम घोषणा भएको २४ घन्टा नबित्दै फेरि सशस्त्र झडप भएको छ। थाइल्यान्डले मङ्गलबार कम्बोडियामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ भने कम्बोडियाले आरोप अस्वीकार गर्दै शान्ति कायम रहेको दाबी गरेको छ।

थाई सेनाका प्रवक्ता विन्थाई सुवेरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्झौता लागु भएलगत्तै थाई क्षेत्रभित्र थुप्रै स्थानमा कम्बोडियाली सेनाले आक्रमण गर्‍यो। यो जानाजानी गरिएको उल्लङ्घन हो र थाइल्यान्डले आत्मरक्षाको अधिकार प्रयोग गरिरहेको छ।”

दुई देशबीच सोमबार मलेसियामा भएको वार्तामा आधी रातबाट बिना सर्त युद्धविराम सुरु गर्ने सहमति भएको थियो। तर सीमाक्षेत्रमा पुनः गोलीबारी र विस्फोटका आवाजहरू सुनिन थालेपछि शान्ति प्रयासप्रति आशंका पैदा भएको छ।

युद्धविराम घोषणा भए पनि सीमावर्ती क्षेत्रका स्थानीयहरू अझै पनि डरको वातावरणमा बाँचिरहेका छन्। “दुई नेताले हात मिलाउँदै गरेको तस्बिर त देखियो, तर ती हातहरूले पछाडिबाट छुरा हान्ने तयारी नगरेकै हुन् भन्नेमा म निश्चित छैन,” थाई सहर सुरिनका एक फार्मेसी कर्मचारी किटिसाक सुकविलाईले भने।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत युद्धविरामपछि अग्रपंक्तिमा शान्ति कायम भएको बताएका छन्। एएफपीका पत्रकारले पनि कम्बोडियाको सामराओङ सहर नजिकका क्षेत्रहरूमा मध्यरातपछि शान्ति रहेको बताएका छन्।

यद्यपि, गत बिहीबारदेखि जारी हिंसामा हालसम्म ३८ जनाको मृत्यु भइसकेको छ भने तीन लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। थाईल्यान्डले आफ्ना ८ सैनिक र १४ सर्वसाधारणको मृत्यु पुष्टि गरेको छ भने कम्बोडियाले ५ सैनिक र ८ नागरिकको मृत्यु भएको जनाएको छ।

विवादको जरो सन् १९०७ मा फ्रेन्च उपनिवेश कालमा भएको अस्पष्ट सीमाङ्कनमा रहेको बताइएको छ। त्यही कारणले सन् २००८ देखि २०११ सम्म पनि दुई देशबीच बारम्बार हिंसात्मक झडपहरू भएका थिए। पछिल्लो झडपलाई त्यसपछि भएको सबैभन्दा घातक भिडन्त मानिएको छ।

शान्तिका लागि मलेसियामा आयोजित वार्तामा चीनको पनि सक्रिय सहभागिता रहेको बताइएको छ। मलेसियाका प्रधानमन्त्री तथा आसियान अध्यक्ष अनवर इब्राहिमले जारी गरेको संयुक्त वक्तव्यमा युद्धविरामलाई “शान्ति र स्थायित्वतर्फको पहिलो महत्त्वपूर्ण कदम” का रूपमा व्याख्या गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्तिगत रूपमा हस्तक्षेप गर्दै युद्धविरामका लागि पहल गरेका थिए। दुई पक्षले अमेरिका–आसियान व्यापार सहमतिमा भन्सार शुल्क हटाउने आशामा ट्रम्पसँग सहकार्य खोजिरहेका छन्।

युद्धविरामका दिन थाई राजा महा भाजिरालोङ्गकोर्नको ७३औं जन्मदिन परेपनि, बैङ्ककस्थित ग्रान्ड प्यालेसमा आयोजना हुने सार्वजनिक उत्सव द्वन्द्वको कारण स्थगित गरिएको छ।

युद्धविराम कार्यान्वयन भए पनि एक अर्कामाथि आरोप–प्रत्यारोप र सीमाक्षेत्रमा विश्वासको कमीले दीर्घकालीन समाधान अझै चुनौतीपूर्ण देखिएको छ। संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई सम्झौतामा दृढ रहन र शान्तिपूर्ण समाधानको बाटो रोज्न आह्वान गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय