२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

संघीय संसद अन्तर्गत आज पाँचवटा प्रमुख संसदीय समितिका बैठकहरू आयोजना हुँदैछन्। विभिन्न महत्त्वपूर्ण विधेयक र समस्याहरूको समीक्षा र छलफल गरिने छ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। यस बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदामा सुझावहरूको समीक्षा गरिने छ। साथै, नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ। बैठकमा भूमिसम्बन्धी केही महत्वपूर्ण संशोधन प्रस्तावमाथि छलफल हुनेछ। बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी र कानुन क्षेत्रका विज्ञहरू सहभागी हुनेछन्।

विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेश प्रदेश लगायत देशभरि देखिएका खानेपानी समस्या समाधानका लागि मन्त्रालयबाट भएका काम कारबाहीबारे छलफल गर्नेछ। यो बैठक पनि बिहान साढे ११ बजे हुने कार्यक्रम छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग राष्ट्रिय गौरवका आयोजनाको प्रगति, समस्या र समाधानका विषयमा छलफल गरिनेछ।

विधायन व्यवस्थापन समितिले दिउँसो १ बजे जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय