२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा आवद्ध दलहरूसँग एकताको प्रयास भइरहेको बताएका छन्।

बुधबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रचण्डले समाजवादी मोर्चा सम्बन्धी ब्रिफिङ दिँदै नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीसँग एकताको विषयमा छलफल जारी रहेको जानकारी दिएका छन्।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार, प्रचण्डले विशेष गरी माधव नेपालसँग लगातार छलफल गर्दै आएका छन् र पार्टी एकताको प्रस्ताव उनीसँग राखेको बताइएको छ।

समाजवादी मोर्चाको आगामी कामकारबाही र एकताको विषयलाई लिएर माओवादी केन्द्रको स्थायी समिति बैठकमा समेत गहिरो छलफल हुने अपेक्षा गरिएको छ। माओवादी केन्द्रले साउन १६ गतेदेखि स्थायी समिति बैठक आह्वान गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय