२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई खुरुक्क राजीनामा दिएर पार्टीबाट बिदा लिन सुझाव दिएका छन्।

वरिष्ठ नेता खनालले हालै एक अन्तरवार्तामा एमाले विभाजन ‘गल्ती’ भएको अभिव्यक्ति दिएका थिए। त्यसको प्रतिकृयामा अध्यक्ष नेपालले खनालमाथि तीव्र आलोचना गर्दै पार्टी निर्णयको उलङ्घन गर्ने नेताको सूचीमा खनाल नम्बर एक रहेको टिप्पणी गरे।

नेपालले खनालको भनाइप्रति आशंका व्यक्त गर्दै भने,

“उहाँले साँच्चै त्यसो भन्नुभयो भन्ने मलाई विश्वास लागेको छैन। अहिले त एआईको जमाना हो, नबोलेको कुरा पनि बोलेकोजस्तो बनाइन्छ।”

तर उनले स्पष्ट रूपमा भने,

“यदि उहाँले साँच्चै त्यस्तो बोलेका हुन् भने, पार्टीको निर्णय नमान्ने, संस्थागत प्रक्रियामा सहभागी नहुने व्यक्तिले पार्टीमा बस्नुपर्ने कारण छैन। उहाँले खुरुक्क राजीनामा दिनु उचित हुन्छ।”

सहकार्यको कुरा, एकीकरण होइन

नेपालले पछिल्लो समय माओवादी केन्द्रसँगको सम्बन्धबारे चलिरहेको चर्चा पनि प्रस्ट पारे।

“हामीले माओवादीसँग सहकार्यलाई बलियो बनाउने, समाजवादी मोर्चालाई अघि बढाउने निर्णय गरेका छौं। यो हाम्रो पार्टीको संस्थागत निर्णय हो,” उनले भने।

त्यसक्रममा उनले माओवादी केन्द्रसँग पार्टी एकीकरणको कुनै छलफल नभएको बताए।

“तपाईंहरूलाई कसले भन्यो माओवादीसँग एकीकरणको कुरा भएको भनेर? त्यो सरासर गलत हो। अहिलेको प्राथमिकता सहकार्य र मोर्चाको सुदृढीकरण हो।”

सरकार असफल, ओलीको दम्भले देश पीडित

नेपालले वर्तमान गठबन्धन सरकारलाई पनि असफल भएको ठहर गरे।

“यो सरकार सबै हिसाबले असफल भएको सरकार हो। केपी ओलीको अहंकार, दम्भ र अव्यवहारिक नेतृत्वले देश पीडामा परेको छ,” अध्यक्ष नेपालले टिप्पणी गरे।

पूर्वप्रधानमन्त्री नेपालले आफूविरुद्ध उठाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रेरणाबाट प्रेरित भएको दाबी गरे।

“माथि लागेको केस भ्रष्टाचारको होइन, राजनीतिक पूर्वाग्रह हो। ममाथि आरोप लगाउनेहरूले पनि यो कुरा बुझेका छन् कि मैले एक पैसा पनि तलमाथि गरेको छैन,” उनले दाबी गरे।

नेपालका अनुसार, आफूमाथिको निर्णय सम्पूर्ण कानुनी प्रक्रिया, मन्त्रालय, उपसचिव, सचिव, राज्य मन्त्री र मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयमा आधारित रहेको थियो।

“ऐन, नियम, संविधान र प्रक्रियाले दिएको अधिकारभित्रै रहेर निर्णय भएको हो,” उनले स्पष्ट पारे।

पतञ्जलीलाई सार्वजनिक जग्गा दिएको छैन

साथै, अध्यक्ष नेपालले पतञ्जली समूहलाई कुनै पनि सार्वजनिक जग्गा नदिएको स्पष्ट गरे।

“पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा किन्न कानुनले अधिकार दिएको हो। तर सार्वजनिक जग्गा दिने भन्ने कुरा सरासर गलत हो,” उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय