२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभामा बहुमतको दाबी गर्न सक्ने सदस्यहरूलाई भोलि (मंगलबार) दिउँसो २ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार संविधानको धारा १६८(२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री पदमा दाबी गर्न भनिएको हो।

नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया बहादुरसिंह लामाको राजीनामापछि सुरु गरिएको हो। लामा प्रधानमन्त्रीले हिजो (साउन १८) गतेदेखि लागू हुने गरी स्वकीय सचिवमार्फत आफ्नो राजीनामा पत्र प्रदेश प्रमुखलाई पठाएका थिए।

उनको राजीनामा स्वीकृत भएको औपचारिक जानकारी आएलगत्तै प्रदेश प्रमुख कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको हो। अब दलहरूसँग बहुमतको समर्थन जुटाउने दौड तीव्र हुने अनुमान गरिएको छ।

यसबीच बागमती प्रदेशमा दलहरूको नयाँ समीकरण र सत्ता गठबन्धनबारे राजनीतिक तहमा छलफल सुरु भइसकेको छ। नयाँ मुख्यमन्त्रीको टुंगो भोलि दिउँसोपछि लाग्ने सम्भावना रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय