२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले औपचारिक रूपमा दाबी पेस गरेका छन्।

प्रदेश प्रमुख कार्यालयले नयाँ सरकार गठनका लागि आह्वान गरेको केहीबेरमै बानियाँले आवश्यक समर्थनसहित मुख्यमन्त्रीको दाबी पेश गरेका हुन्। संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत हासिल गर्न सक्ने प्रदेश सभा सदस्यले मुख्यमन्त्री बन्ने व्यवस्था रहेको छ।

यसअघि निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १८ गतेबाट लागू हुने गरी राजीनामा दिएपछि प्रदेश प्रमुखले भोलि दिउँसो २ बजेसम्म दाबी गर्न आह्वान गरेका थिए।

कांग्रेस नेतृत्वमा सरकार गठन गर्न बानियाँले जुटाएको समर्थन, गठबन्धनको स्वरूप र अन्य दलहरूको भूमिकाले बागमतीको सत्ता समीकरणमा नयाँ मोड आउने संकेत देखिएको छ।
अब प्रदेश प्रमुखको निर्णयपछि नयाँ मुख्यमन्त्रीको टुंगो लाग्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय