२०८३ आश्विन २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

बोलबम तीर्थयात्रामा गएकी एक महिलाको सुन्दरीजलमा खोलामा डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा चितवन घर भइ काठमाडौंको कपनमा बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उनी आइतबार राति करिब १:३५ बजे गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरतर्फ बोलबम यात्रामा गएकी थिइन्। सो क्रममा उनी ढुंगामा चिप्लिएर खोलामा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

डुबेको खबर पाएपछि प्रहरी प्रभाग सुन्दरीजल र नेपाली सेनाको विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेका थिए। उनीलाई तत्कालै नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको थियो, तर उपचारका क्रममा राति १:४८ बजे मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।

श्रावण महिनामा जल चढाउन बोलबम यात्रा गर्ने क्रममा भएको यस दुर्घटनाप्रति स्थानीयले दुःख व्यक्त गरेका छन्। प्रशासनले यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय