२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

लगातारको वर्षापछि नारायाघाट–बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिकै खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिएका छन्।

नेपालका अनुसार बिहानदेखि पानी परेर सडक चिप्लो भएका कारण गाडी एकतर्फी रूपमा सञ्चालन भइरहे पनि दिउँसोदेखि पहिरो खस्दा दुबै तर्फका सवारी आवागमन पूर्णरूपमा रोकिएको हो।

यो सडक खण्डमा पानी पर्दा गाडी चिप्लिने, र पहिरो खस्ने समस्या पटक–पटक देखिँदै आएको छ। अहिले बाटो अवरुद्ध भएपछि गाडीहरूको लामो जाम लागिएको छ, यात्रुहरू बीचमा अलपत्र परेका छन्।

प्रहरी र सडक डिभिजनको टोली पहिरो हटाउने प्रयासमा जुटेको छ। सडक खुल्न अझै केही समय लाग्ने अनुमान गरिएको छ। स्थानीय प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय