२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने |

बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्रीमा नियुक्त हुने पक्का भएको छ। दिउँसो ३ बजे नियुक्ति र ४ बजे शपथको कार्यतालिका तय भएसँगै कांग्रेसले मन्त्री चयनमा समयमै सहमति जुटाउन सकेको छैन।

कांग्रेसभित्र मन्त्रालय बाँडफाँट र मन्त्री छनोटमा देखिएको गम्भीर मतभेदका कारण प्रारम्भिक शपथमा बानियाँसहित केवल दुईजनाको मात्र शपथ हुने सम्भावना देखिएको छ। बानियाँसँगै धादिङका शिवराज अधिकारीको नाम शपथका लागि तय भएको छ। अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने तयारी गरिएको छ, जुन प्रदेश सरकारको प्रवक्ता मन्त्रालय पनि हो।

निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले अल्पमतमा परेपछि मन्त्रिपरिषद्मा गरेका तीन नियुक्ति शपथ रोकिएको थियो। तर नयाँ सरकार बनेपछि तीमध्ये कोही एकलाई समावेश गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसभित्र अझै सहमति बनेको छैन। कांग्रेसभित्र ७ मन्त्रालयको दाबीलाई लिएर विभिन्न नेताहरूबीच रस्साकस्सी चलिरहेको छ।

मुख्यमन्त्री बानियाँले विस्तारित मन्त्रिपरिषद् बनाउनका लागि थप छलफल आवश्यक भएको भन्दै आजको शपथलाई सीमित राख्ने सम्भावना बढेको हो।

उता प्रमुख विपक्षी दल एमालेले पनि आजै संसदीय दलको बैठक डाकेर आफूपक्षको ६ वटा मन्त्रालयका लागि मन्त्रीहरूको टुंगो लगाउने तयारी गरिरहेको छ।

नयाँ गठबन्धनको सत्ता समीकरण अनुसार, बागमतीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउँदैछन् भने मन्त्री चयनको टुंगो लाग्नासाथ सरकार पूर्णरूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय