२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

संघीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ अफ पिरियड’सम्बन्धी त्रुटि भएको भन्दै उठेको विवादमा छानबिन गर्न गठित अध्ययन तथा विशेष समितिले आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुर्‍याएको छ।

रातभर सिंहदरबारमा बैठक बसेर अन्तिम मस्यौदा तयार गरेको समितिले आजको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ। समितिका सदस्य माधव सापकोटाका अनुसार २९ दिनको अवधिमा ३७ वटा बैठक बसेर प्रतिवेदन तयार पारिएको हो।

प्रतिवेदन तयार पार्ने क्रममा समितिले विशेषज्ञहरूसँग परामर्श गरेको थियो र भविष्यमा यस्ता त्रुटि नदोहरिउन् भन्ने उद्देश्यले सुधारात्मक सिफारिसहरूसमेत समेटिएको जनाइएको छ।

समितिमा विधेयक निर्माण प्रक्रियामा देखिएका कमजोरीको अध्ययन गर्न विभिन्न सरोकारवालासँग छलफल गरिएको थियो। त्रुटिको स्रोत पहिचान गर्दै पारदर्शी विधायन प्रक्रियाका लागि संरचनागत सुधार आवश्यक रहेको प्रतिवेदनले औंल्याउने अपेक्षा गरिएको छ।

प्रतिनिधि सभाले गत असार २३ गते उच्चस्तरीय अध्ययन तथा छानबिन विशेष समिति गठन गरेको थियो। समितिमा नेपाली काँग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य रहेका छन्।

अब संसदमा प्रतिवेदन पेस भएपछि त्यसको सिफारिसलाई कत्तिको कार्यान्वयन गरिन्छ भन्नेतर्फ सबैको ध्यान केन्द्रित हुने छ। विधेयकमा देखिएको त्रुटिले लामो समय बहस चर्किएको थियो। समितिको निष्कर्षले अब त्यसमा स्पष्टता ल्याउने विश्वास गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय