२०८३ आश्विन २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी त्रुटि भएको स्वीकार गर्दै त्यसमा आफ्नो भूमिका नभएको स्पष्ट पारेका छन्।

संसदको विशेष छानबिन समितिमा बयान दिंदै खतिवडाले विधेयकमा गरिएको विवादास्पद परिमार्जनको जिम्मेवारी आफूले नलिने बताएका हुन्। उनले कुलिङ अफ पिरियड राख्ने पक्षमा आफू सुरुदेखि नै अडिग रहेको र भविष्यमा पनि त्यसकै पक्षमा रहने बताए।

उनका अनुसार, विशिष्ट र प्रथम श्रेणीका कर्मचारीहरूले समितिमा उपस्थित भई कुलिङ अफ पिरियड हटाउन आग्रह गरेका थिए। तर, जेठ २ गतेको समितिको बैठकमा ‘राजीनामा’ शब्द थप गर्दै कुलिङ अफ पिरियडसहितको व्यवस्था पारित गरिएको हो।

खतिवडाले भने, “म कुलिङ अफ पिरियड राख्ने पक्षमा सुरुदेखि आजसम्म छु, भोलि पनि राष्ट्रिय सभाले यो प्रावधान ल्याओस् भन्ने पक्षमा छु।”

उनले थपे, “त्रुटि नभएको भन्न सकिँदैन, तर त्यो मबाट भएको होइन। मस्यौदामा कुलिङ अफ पिरियड राखिएको थियो, त्यसपछि पर्न सक्ने प्रभावको मूल्याङ्कन सम्बन्धित मन्त्रालयले गर्नुपर्ने हो।”

खतिवडाका अनुसार, विधेयक निर्माण प्रक्रियामा जेठ ६ गते अनौपचारिक बैठकमा विभिन्न मन्त्रीहरूबीच छलफल भएको थियो। त्यही दिन हस्ताक्षर रोकिएको थियो भने पछि समितिबाट १ वर्षको सट्टा २ वर्षको कुलिङ अफ पिरियड राखिएको प्रतिवेदन पारित गरिएको थियो।

उनले समितिमा भएको दफावार छलफल, उपसमितिको जिम्मेवारी, र कानुनी मूल्यांकनमा देखिएको कमजोरीप्रति संकेत गर्दै समग्र प्रक्रिया सुधार आवश्यक रहेको धारणा राखे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय