२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
आयोगले ६ हजार ७४३ वडामा सञ्चालन गर्दै मतदाता शिक्षा कार्यक्रम | आजदेखि चुनावी सुरक्षार्थ निर्वाचन प्रहरी फिल्डमा खटाइयो | रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन |

देशभर सक्रिय मनसुनको प्रभावका कारण कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातारको वर्षाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भन्दै महाशाखाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपाल तराईको उत्तरतर्फ सरदर स्थानमा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था देखिएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा अधिकांश स्थानमा बदली भएको छ भने अन्य क्षेत्रहरूमा सामान्य बदली रहँदै आएको छ।

आज दिउँसो र रातिको पूर्वानुमान

बुधबार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा अधिकांश स्थानमा बदली रहनेछ। यिनै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने चेतावनी दिइएको छ।

रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। कोशी र मधेसका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

जोखिम बढेको क्षेत्र र महाशाखाको आग्रह

विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागहरूमा जलस्रोत, पहिरो, बाढी र सडक अवरोधको सम्भावना रहेकाले स्थानिय प्रशासन, यात्रु र नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।

यसैबीच, महाशाखाले स्वास्थ्यसम्बन्धी सावधानी, सडक तथा हवाई यातायात योजनामा सचेतता र उपयुक्त सुरक्षा पूर्वतयारी गर्न समेत सुझाव दिएको छ।

मनसुन अझै केही दिन सक्रिय रहने सम्भावना रहेकाले नागरिकहरूलाई मौसमसम्बन्धी जानकारी नियमितरूपमा हेर्न र जोखिमयुक्त गतिविधिबाट टाढा रहन अनुरोध गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय