२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

गायक खेम सेन्चुरी क्यानडाको सांगीतिक यात्रामा निस्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक बिरामी परेपछि अस्पताल भर्ना भएका छन्।

दिल्ली हुँदै क्यानडा जान लागेका सेन्चुरीको पेटमा गम्भीर समस्या देखिएपछि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको हो। उनीसँगै रहेका निकट सहयोगी शम्भु कुँवरले सामाजिक सञ्जालमार्फत सेन्चुरीको स्वास्थ्य अवस्था सार्वजनिक गरेका छन्।

गायक सेन्चुरीले क्यानडाको “हिमालयन मेला” सहित इजरायल र अस्ट्रेलियामा आयोजना हुने विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरेका थिए। तर अहिलेको स्वास्थ्य अवस्थाका कारण अगस्ट ९ मा क्यानडामा आयोजना हुने कार्यक्रममा भने उपस्थित नहुने जनाइएको छ।

शम्भु कुँवरका अनुसार, सेन्चुरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदैछ र चिकित्सकको परामर्शमा बाँकी देशका कार्यक्रमहरूमा सहभागी गराउने तयारी भइरहेको छ।

धेरैपछाडि मात्रै विदेश यात्रा थालेका सेन्चुरी पछिल्लो समय नेपालभित्र र बाहिर पनि निकै लोकप्रिय छन्, उनका गीतहरू विशेषगरी युवामाझ निकै रुचाइन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय