२०८३ आश्विन २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

भारतका चर्चित हास्य कलाकार कपिल शर्माको क्यानडाको सरे सहरस्थित क्याप्स क्याफेमा पुनः गोली प्रहार भएको छ। घटनाको जिम्मेवारी कुख्यात ‘गोल्डी ढिल्लन’ समूहले लिएको छ। यो क्याफेमा भएको यो दोस्रो आक्रमण हो, जसले कलाकारको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा केही व्यक्तिहरू कारभित्रैबाट क्याफेतर्फ गोली हानिरहेको देखिन्छ। घटनामा हालसम्म कुनै मानवीय क्षति भएको जानकारी आएको छैन भने स्थानीय प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ।

गोल्डी ढिल्लनले सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै आफू र लरेन्स बिश्नोई गिरोहले यस आक्रमणको जिम्मेवारी लिएको बताएका छन्। “सबै दाजुभाइलाई राम राम… गोल्डी ढिल्लन र लरेन्स बिश्नोई गिरोहले आज सरेको कपिल शर्माको क्याप्स क्याफेमा भएको गोलीबारीको जिम्मेवारी लिन्छ,” पोस्टमा उल्लेख गरिएको छ।

यसअघि पनि जुलाई १० मा सोही क्याफेमाथि गोली प्रहार भएको थियो, जसको जिम्मेवारी खालिस्तानी आतंककारी हरजित सिंह लड्डीले लिएका थिए। उनले कपिल शर्माको पुरानो अभिव्यक्तिलाई लिएर आक्रमण गरिएको बताएका थिए। लड्डी भारतको राष्ट्रिय अनुसन्धान निकाय (NIA) को मोस्ट वान्टेड सूचीमा परेका एक आतंककारी हुन् र बब्बर खालसा इन्टरनेसनल (BKI) सँग सम्बन्धित मानिन्छन्।

हालसम्म कपिल शर्माले घटनाबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। तर सरे प्रहरी विभागले घटनालाई गम्भीर रूपमा लिँदै सुरक्षा कडाइ गरिएको जनाएको छ। कलाकारहरूमाथि यस्ता श्रृंखलाबद्ध आक्रमणले प्रवासी भारतीय समुदायमा पनि डर र चिन्ता थपिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय