२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

राजधानीको पशुपति आर्यघाटमा दहन भइरहेको शवबाट मासु र हड्डी चोरी भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। काभ्रेको बनेपा–९ का राम शाहीको शव दहनको क्रममा यस्तो कार्य भएको आरोप लगाउँदै मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका छन्।

शुक्रबार दहन सम्पन्न भएपछि मलामीले घाटे गणेश ढकाललाई शवबाट मासुको टुक्रा झिकेर रहस्यमय तवरले अन्य व्यक्तिलाई दिएको देखेको दाबी गरेका थिए। खबर पाउनासाथ प्रहरीले ढकाललाई पक्राउ गरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखी अनुसन्धान सुरु गरेको हो।

ढकालले मासु नभएर हड्डी झिकेको बताएका छन्। तर, आफन्तहरूले भने उनले मासु निकालेर जोगीजस्तो देखिने व्यक्तिलाई पाँच सय रुपैयाँमा बेचेको आरोप लगाएका छन्। उनीहरूले उक्त रकममध्ये सय रुपैयाँ सहयोगीलाई दिइएको र बाँकी चार सय रुपैयाँ ढकालले राखेको दाबी गरेका छन्। ढकालले भने पैसा लिएको कुरा अस्वीकार गरेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यस्तो घटना सम्भवतः अघोरी बाबासँगको साँठगाँठका कारण भएको आशंका गरिएको छ। प्रहरीका अनुसार केही अघोरी बाबाले मसान जगाउनका लागि शवको हड्डी खेलाउने, रगत पिउने तथा मासु खाने गर्छन्। जीवित मानिसबाट यस्तो सामग्री लिन असम्भव भएकाले शवबाट निकालिएको हुनसक्ने अनुमान छ।

प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालका अनुसार यो घटना कानूनी दृष्टिले जटिल छ, किनकि यसलाई कुन कानुनअनुसार कारबाही गर्ने भन्ने स्पष्ट छैन। आइतबार अभद्र व्यवहारमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइने र आवश्यक परेमा कानुन व्यवसायी तथा सरकारी वकिलसँग सल्लाह लिइने उनले बताए।

यसअघि पनि पशुपति आर्यघाटमा कहिलेकाहीँ विवादास्पद घटना सार्वजनिक हुने गरे पनि शवबाट मासु र हड्डी चोरीको यो घटना प्रहरीका लागि नयाँ हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय