२०८३ आश्विन २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने अवस्थामा अड्किएको भन्दै शीर्ष नेताहरूलाई सम्मानपूर्वक सन्यास लिन आग्रह गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले भने, “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजैको मितिदेखि राजनीति छोड्ने घोषणा गर्नुभयो भने म सबैभन्दा खुसी हुने मानिस हुँ।”

उनका अनुसार, यो भनाइ अवमूल्यनका लागि नभई सम्मानका साथ गरिएको हो। “उहाँहरूले देशका लागि ठूलो योगदान गर्नुभएको छ, तर अहिलेको राजनीति अगाडि बढ्न नसक्ने ठाउँमा पुगिसकेको छ,” थापाले स्पष्ट पारे।

थापाले नेपालको राजनीतिप्रति वितृष्णा बढेको उल्लेख गर्दै यसलाई “फोहोर जमेको पोखरी” सँग तुलना गरे। उनले भने, “म युवा हुँदा पनि ठूला नेता देउवा, ओली र प्रचण्ड नै थिए। अब म ५० वर्ष हुन लाग्दा पनि उनीहरू नै छन्। लोकतन्त्रमा यस्तो हुँदैन।”

उनले पार्टीमाथि पहिला नियन्त्रण गर्ने र पार्टीमार्फत राज्यसत्ता नियन्त्रण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय