२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

देशमा सक्रिय मनसुनका कारण आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेर नेपाल नजिक रहँदा देशभरको मौसम पूर्ण रूपमा बदली भएको हो।

आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा पनि वर्षा भएको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराईका केही क्षेत्रमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

कोशी प्रदेशको पहाडी भूभागमा आज एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभर पूर्ण बदली रहने र कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा, साथै केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।

गण्डकीको पहाडी र तराई भूभाग, लुम्बिनीको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बासिन्दालाई वर्षाजन्य जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय