२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित | राष्ट्र बैंकले आज फेरि ११ दिनका लागि २० अर्ब झिक्दै | बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी | हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत | बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान | अब पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जाँचबुझ आयोगको घेरामा | निर्वाचन सरकारको पहिलो प्राथमिकता : सञ्चारमन्त्री जगदीश खरेल |

अमेरिकाको टेक्सस राज्य अस्टिनस्थित एक टार्गेट पसल बाहिर गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्टिन प्रहरी विभागले सोमबार दिउँसो यो कुराको पुष्टि गरेको छ।

प्रहरीका अनुसार, दिउँसो २:१५ बजेतिर उत्तरी अस्टिनको ८६०१ रिसर्च ब्लूभर्डमा रहेको टार्गेट खुद्रा पसलमा गोली चलेको खबर आएपछि अधिकारीहरू घटनास्थल पुगेका थिए। शंकास्पद व्यक्तिले गोली चलाएपछि तीन जना पीडितहरू पसलको सवारी साधन अड्डा (स्टोरको पार्किङ)मा फेला परेको प्रहरीले जनाएको छ।

अधिकारीहरूका अनुसार, पीडितमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तेस्रो व्यक्तिको अस्पताल लैजाँदा मृत्यु भयो। चौथो व्यक्तिलाई गोली नलागेको तर अन्य चोटपटक लागेकोले घटनास्थलमै उपचार गरिएको थियो।

प्रहरी प्रमुख लिसा डेभिसका अनुसार, शंकास्पद व्यक्तिले त्यसपछि एउटा गाडी चोरेर भागेका थिए तर केही समयपछि त्यो गाडी दुर्घटना भयो। त्यसपछि उनले अर्को गाडी पनि खोसेर भागेको बताइन । प्रहरीले दक्षिणी अस्टिनमा उनलाई नियन्त्रणमा लिएको थियो।

शंकास्पद व्यक्ति ३२ वर्षीय स्वेत पुरुष रहेको र उनको आपराधिक अभिलेख तथा मानसिक स्वास्थ्य समस्याको इतिहास रहेको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय