२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

सत्तारूढ दल नेपाली कांग्रेस र एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी स्वीकार गरिसकेको दाबी गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौँलाले लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियानप्रति आपत्ति जनाए। उनले बिगो रकम तिर्न तयार भएको कुरा आफैंमा अपराध स्वीकार भएको प्रमाण भएको बताए।

“६२/६३ लाख संकलन गर्नुभएछ, सँगै हस्ताक्षर पनि। जसका नाममा हस्ताक्षर भइरहेको छ, ती व्यक्तिहरूले बिगो स्वीकार गरेर जमानतमा छुटाउन निवेदन दिएका छन्। बिगो स्वीकार गर्नु भनेको अभियोग स्वीकार गर्नु होइन र?” उनले प्रश्न गरे।

कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि लामिछानेविरुद्ध आक्रोश पोखिन्। उनले रुपन्देही जिल्ला अदालतले लामिछानेको थुनामुक्तको माग अस्वीकार गरेको निर्णयको प्रसंग उठाउँदै, ‘रविजीले ठगेको स्वीकार गर्नुभयो, भाग शान्ति म तिर्छु भन्नुभयो, तर अदालतले छाड्न मानेन,’ भनिन्।

न्यौपानेले सहकारी पीडितलाई मुद्दा टुंगिनुअघि नै रकम दिन सकिने हो कि भन्ने प्रश्न गर्दै, लामिछाने पक्षको हस्ताक्षर अभियानले अदालतको अपहेलनाको प्रश्न उठाएको बताइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय