२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

सत्तारूढ दल नेपाली कांग्रेस र एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी स्वीकार गरिसकेको दाबी गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौँलाले लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियानप्रति आपत्ति जनाए। उनले बिगो रकम तिर्न तयार भएको कुरा आफैंमा अपराध स्वीकार भएको प्रमाण भएको बताए।

“६२/६३ लाख संकलन गर्नुभएछ, सँगै हस्ताक्षर पनि। जसका नाममा हस्ताक्षर भइरहेको छ, ती व्यक्तिहरूले बिगो स्वीकार गरेर जमानतमा छुटाउन निवेदन दिएका छन्। बिगो स्वीकार गर्नु भनेको अभियोग स्वीकार गर्नु होइन र?” उनले प्रश्न गरे।

कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पनि लामिछानेविरुद्ध आक्रोश पोखिन्। उनले रुपन्देही जिल्ला अदालतले लामिछानेको थुनामुक्तको माग अस्वीकार गरेको निर्णयको प्रसंग उठाउँदै, ‘रविजीले ठगेको स्वीकार गर्नुभयो, भाग शान्ति म तिर्छु भन्नुभयो, तर अदालतले छाड्न मानेन,’ भनिन्।

न्यौपानेले सहकारी पीडितलाई मुद्दा टुंगिनुअघि नै रकम दिन सकिने हो कि भन्ने प्रश्न गर्दै, लामिछाने पक्षको हस्ताक्षर अभियानले अदालतको अपहेलनाको प्रश्न उठाएको बताइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय