२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय |

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै देशभर वर्षाको सम्भावना चेतावनीसहित जारी गरेको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ।

देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने र मधेस प्रदेशसँगै कोशी, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक-दुई स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रहनेछ भने बाँकी भागमा सामान्य बदली हुनेछ। गण्डकी र कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भागमा धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

विभागले सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने चेतावनी दिएको छ। लुम्बिनी प्रदेशका तराईका केही स्थान र गण्डकी–कर्णालीका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय