२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्सले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्की तथा युरोपेली सहयोगीसँग श्रव्यदृश्य बैठक (भर्चुअल)गर्ने भएका छन्।

गत हप्ता ह्वाइट हाउस सल्लाहकार स्टीभ विट्कफ र युरोपेली नेताहरूसँग दूरवार्ता गरेपछि जेलिन्स्कीले भने, “विट्कफले रुस युद्ध अन्त्य गर्न, वा कम्तिमा युद्धविरामको पहिलो कदम चाल्न तयार हुनसक्ने संकेत दिए। यो पहिलो पटकको यस्तो संकेत थियो।”

जेलिन्स्कीका अनुसार अमेरिकाबाट कुनै औपचारिक प्रस्ताव आएको छैन, तर वार्ता सकारात्मक भएको थियो। उनले भने, ट्रम्पसँगको भेटपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठक स्वाभाविक हुन्छ, र त्यसपछि अमेरिका–युक्रेन–रुस त्रिपक्षीय वार्ता हुनुपर्ने छ।

ह्वाइट हाउसले घोषणा गरेको अनुसार ट्रम्प र पुटिनबीचको ऐतिहासिक शिखर बैठक यो शुक्रबार अलास्काको एङ्करेजमा हुनेछ। यद्यपि, जेलिन्स्कीले पुटिन नयाँ आक्रमण योजना गरिरहेको चेतावनी दिएका छन्।

हाल पनि पूर्वी युक्रेनमा तीव्र युद्ध र लामो दूरीका क्षेप्यास्त्र तथा मानव रहित यान (ड्रोन )आक्रमण जारी छन्। युक्रेनी प्रतिनिधिहरू अलास्का बैठकमा सहभागी नहुने अपेक्षा गरिएको भए पनि जेलिन्स्कीको कार्यालयले परिस्थिति “एकदमै परिवर्तनशील” भएको जनाएको छ।

एबिसीन्यूजका अनुसार जेलिन्स्की र उनकी टोलीले यस बैठकअघि अन्तर्राष्ट्रिय समर्थन जुटाउन तीव्र कूटनीतिक अभियान चलाइरहेका छन्, जसमा युक्रेनका प्रमुख मागहरूलाई शान्ति सम्झौतामा समावेश गराउने प्रयास गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय