२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोग सुनिश्चित गर्न हरेक नागरिकलाई सुसूचित बनाउनु आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिमको उद्घाटन सत्रमा बोल्दै उनले डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवनसम्म समाप्त पार्ने अवस्था आएको उदाहरण दिँदै सचेत रहन आग्रह गरे।

“डिजिटल माध्यमका कारण समाजमा अप्ठ्यारो अवस्था पनि सिर्जना भएको छ। नागरिकलाई सचेत बनाउनु जिम्मेवार पार्टीको कर्तव्य हो,” शर्मा भने। उनले पछिल्लो पुस्तासँग जोडिन, पार्टीको प्रचार–प्रसार गर्न, नकारात्मक भाष्य चिर्न, सरकारका कमजोरी सुधार गर्न र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न डिजिटल माध्यमको सही प्रयोग अपरिहार्य भएको उल्लेख गरे।

कार्यक्रममा सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्र गुटउपगुटबीचको प्रतिस्पर्धामा डिजिटल माध्यमको गलत प्रयोग हुँदा संगठनलाई क्षति पुगेको अनुभव सुनाए। उनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र चुनावी परिचालनमा यसको प्रभावकारी उपयोग गर्न आवश्यक रहेको बताए।

त्यसैगरी, कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको प्रचार–प्रसारलाई सशक्त र प्रभावकारी बनाउन डिजिटल माध्यमको प्रयोग अपरिहार्य भएको धारणा राखे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय