२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

हाल संसदमा प्रस्तुत हुन बाँकी रहेको एक कानूनी मस्यौदामा बहुविवाहलाई आंशिक मान्यता दिने प्रावधान राखिएको समाचार सार्वजनिक भएपछि यस विषयमा बहस चर्किएको छ। प्रस्तावित मस्यौदामा कुनै पुरुष–महिलाबीच विवाहबाहेकको सम्बन्धबाट बच्चा जन्मिएमा, र दुवैले सँगै बस्न चाहेको अवस्थामा, उनीहरूलाई बहुविवाहको कारबाहीसहित वैवाहिक सम्बन्धको मान्यता दिने व्यवस्था राखिएको छ।

विद्यमान कानूनी व्यवस्थाले बहुविवाहलाई अपराध मानेर कुनै कानूनी स्थान दिएको छैन। वर्तमान कानुनअनुसार दुवै एकल व्यक्तिबीच आपसी सहमतिमा मात्र विवाह वैधानिक हुन्छ। तर प्रस्तावित मस्यौदाले बहुविवाहको कारबाही हुने भए पनि सम्बन्धलाई वैध ठहर गर्ने संकेत दिएको छ।

कानूनी विश्लेषक र अधिकारकर्मीहरूले यो व्यवस्थाले पहिलो श्रीमतीलाई पीडित बनाउने, पारिवारिक विखण्डन बढाउने र समाजमा विकृति फैलाउने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा, बच्चाको अधिकार सुनिश्चित गर्नु महत्त्वपूर्ण भए पनि, त्यसका नाममा अनैतिक सम्बन्धलाई कानूनी मान्यता दिनु समाजिक दृष्टिले हानिकारक हुनेछ।

मस्यौदाको पक्षमा बोल्नेहरूले भने विवाहबाहेकको सम्बन्धबाट जन्मिएका बच्चा र ती महिलाको अधिकारलाई स्पष्ट र सुरक्षित बनाउने उद्देश्य रहेको तर्क गरेका छन्। अहिलेका कानूनी प्रावधानले बच्चाको अधिकारलाई प्राथमिकता दिए पनि महिलाको वैवाहिक पहिचान र सम्पत्तिमा हक सुनिश्चित नभएको उनीहरूको भनाइ छ।

सरकारले यस मस्यौदाबारे थप अध्ययनका लागि समिति गठन गर्ने जनाएको छ। तर आलोचकहरूले अनैतिक सम्बन्धलाई प्रश्रय दिने कुनै कानूनी प्रावधान आवश्यक नभएको, बरु विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन र जनचेतनामार्फत यस्ता घटनाको न्यूनीकरणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय