२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

गृहमन्त्री रमेश लेखकको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्कीले लगाएको आरोप असत्य र मनगढन्ते भएको भन्दै खण्डन गरेको छ।

सांसद कार्कीले बिहीबार प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीकै कार्यकक्षमा न्याय परिषद्मा दर्ता हुने उजुरी तयार पारिएको र प्रतिलिपि सचिवालयबाट पठाइएको दाबी गरेकी थिइन्। तर, सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त दाबी कपोलकल्पित भएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा रुपन्देही जिल्ला अदालतमा मुद्दा पेशी चढेको दिन कार्यकक्षमा उजुरी तयार पारिएको र प्रतिलिपि पठाइएको भनाइलाई पूर्णतः भ्रामक र तथ्यहीन बताइएको छ। साथै, गृहमन्त्री र सचिवालय अदालत तथा न्याय परिषद्को स्वतन्त्रता र मर्यादाप्रति संवेदनशील रहेको र यस्ता कार्य अतीतमा नभएको, भविष्यमा पनि नहुने विश्वास दिलाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय