२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हावादारी गफ’ ले देश बर्बाद भएको आरोप लगाएका छन्।

संसद भवन बाहिर पत्रकारसँग कुरा गर्दै दाहालले प्रधानमन्त्रीले धरातल छोडेर केवल गफ मात्र दिइरहेको टिप्पणी गरे। “गफ दिँदा जे बोले पनि हुन्छ, तर वास्तविकता जनतालाई थाहा छ। धरातल छोडेर हावादारी गफ गर्नुभएको छ, त्यसैले देश बर्बाद भएको हो,” दाहालले भने।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट रंगशालाबारे आफ्नो भनाइ यथार्थमा आधारित रहेको दाबी गर्दै उनले प्रधानमन्त्रीले त्यसलाई मात्र मुद्दा बनाउन खोजेको आरोप लगाए। “टियु म हेरेरै बोलिरहेको छु, मैले भनेको कुरा ठिक छ,” उनले स्पष्ट पारे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय